पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट करिब ३० किलो मिटर उत्तर बुटवलबाट ६५ किलो मिटर र पोखराबाट ९२ किलो मिटरको विचमा पर्ने लुम्विनी प्रदेश पाल्पा जिल्ला बगनासकाली ५ राम्दी स्थित सिद्धार्थ राजमार्ग देखि २०० मिटर उत्तरमा अवस्थित यस ऐतिहासिक सिद्धगुफा पर्दछ । हिन्दु र्धमावलम्बीहरुको धार्मिक धरोहर र पवित्र स्थल काली गण्डगीको तट जहाँ सत्य युगमा कर्दम ऋषि देबहुतीका सुपुत्र कपिलमुनीले त्रेतायुगमा राम सिता र हनुमानले द्बापर युगमा बलरामले तपस्या गरेको विभिन्न पुराणहरुमा वर्णन गरिएको छ । आज भन्दा २ हजार ५० बर्ष अगाडी गोपिचन्द्र भर्तृहरिले पनी यसै धाममा तपस्या गरेका थिए । यस कारण यो स्थल भगवान देबी देवता र ऋषी महर्षीहरुको पवित्र तपोभुमि अर्थात देव स्थल हो भन्न सकिन्छ । लोकश्रुतीका अनुसार भगवान श्रीरामले यहाँ स्नान गर्ने गर्थे त्यसैले यस नदिलार्इ रामनदि भन्ने गरिन्थ्यो पछि अपभ्रम्शको रुपमा राम्दी भएको मानिदै आएको छ । मुत्तिनाथ क्षेत्रबाट शुरु भएको काली गण्डकीको उद्गम स्थल दामोदर कुण्ड हो । यसरी काली गण्डकी मुस्ताङ जिल्लाको मुत्तिनाथ क्षेत्र देखि चितवनको देवघाट सम्म आएर नारायणी नदीमा समाहीत भएकी छिन । कालो रङको शालिग्राम पार्इने हुनाले काली गण्डकी अर्थात कृष्ण गण्डकी भनिन्छ । शालिग्राम शिला साक्षात् नारायण अवतार हुन्। यिनको प्राणप्रतिष्ठा गर्नुपर्देन ल्याएर भत्तिभावका साथ पूजाअर्चना गरेमा कल्याण हुन्छ भन्ने शालिग्राम माहात्म्यमा उल्लेख छ। यस प्रकारको शालिग्राम यस काली गण्डकीमा मात्र पार्इन्छ ।